आर्थिक

अर्थ मन्त्रालयले दियो राजश्व संकलनको लक्ष्य, पूरा होला लक्ष्य ?

हिमालय टिभी
२०७७ साउन ७ गते १७:१८
अर्थ मन्त्रालयले दियो राजश्व संकलनको लक्ष्य, पूरा होला लक्ष्य ?

७ साउन, २०७७ काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभाग र भन्सार विभागलाई राजस्व संकलनको वार्षिक लक्ष्य दिएको छ ।

मन्त्रालयले राजस्व उठाउने जिम्मेवारी पाएका दुबै निकायलाई ८ खर्ब ९० करोडको वार्षिक लक्ष्य दिएको हो । मन्त्रालयले आन्तरिक राजस्व विभागलाई ४ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ ।

यसमध्ये २ खर्ब १० अर्ब रुपैयाँ आयकर, १ खर्ब १२ अर्ब मूल्य अभिवृद्धि कर र ९५ अर्ब ७८ करोड रुपैयाँ अन्तशुल्क उठाउन भनिएको छ ।

गत आर्थिक वर्ष २ खर्ब १७ अर्ब रुपैयाँ आयकर, ९८ अर्ब २२ करोड मूल्य अभिवृद्धि कर र ६४ अर्ब ७९ करोड रुपैयाँ अन्तशुल्क उठेको थियो । आन्तरिकतर्फ गत वर्ष कुल ३ खर्ब ८४ अर्ब राजस्व संकलन भएको थियो ।

मन्त्रालयले भन्सार विभागलाई भने ४ सय ४० अर्ब राजस्व संकलनको लक्ष्य दिएको छ । भन्सारलाई दिइएको लक्ष्य आन्तरिक राजस्व विभागको तुलनामा १० अर्बले कम हो ।

चालु आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको मन्त्रालयले ८ खर्ब ८९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *