समाज

बाँकेमा बढ्यो सर्पदंश, बिरामीले भेरी अस्पताल भरिभराउ (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ७ गते १६:५५
बाँकेमा बढ्यो सर्पदंश, बिरामीले भेरी अस्पताल भरिभराउ (भिडियोसहित)

७ साउन, २०७७ नेपालगञ्ज । बर्षात सुरु भएसँगै नेपालगन्जको भेरी अस्पतालको इमरजेन्सी र आइसियु वार्ड सर्पले टोकेका बिरामीले भरिन थलेको छ ।

पछिल्ला दिनमा दैनिक ५ देखि १२ जनासम्म सर्पले डसेका बिरामी उपचारका लागि भेरी अस्पतालमा पुग्ने गरेका छन् । नजिकका स्वास्थ्य संस्थामा उपचार नपाएपछि बिरामी भेरी अस्पतालमा थुप्रिदा समस्या भएको छ ।

एमबीबीएस तहका चिकित्सक कार्यरत अस्पताल, तथा सर्पदंश उपचार केन्द्रमा सर्पले डसेकाका बिरामीको उपचार गर्न सकिन्छ । तर पछिल्ला दिनमा कोरोना संक्रमणको त्रास देखाएर सर्पले टोकेका बिरामीलाई नजिककै अस्पतालले उपचार गर्दैनन् ।

भेरी अस्पतालको इमरजेन्सी, आइसीयु र जनरल वार्डमा सर्पले टोकेका बिरामीको उपचार भइरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै भेरी अस्पतालमा बिषालु सर्पले टोकेका १२ जना बिरामीको उपचार भइरहेको छ ।

प्रदेश ५ बाट मात्र हैन, कर्णाली र सुदूरपश्चिम प्रदेशका सर्पदंशका बिरामीलाई पनि नेपालगन्जको भेरी अस्पतालमा रिफर गर्ने क्रम बढेको छ । त्यसैले अहिले भेरी अस्पताल सर्पले टोकेका बिरामीले भरिएको छ ।

भेरी अस्पतालको इमरजेन्सी, आइसीयु र जनरल वार्डमा सर्पले टोकेका बिरामीको उपचार भइरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै भेरी अस्पतालमा बिषालु सर्पले टोकेका १२ जना बिरामीको उपचार भइरहेको छ ।

टाढाबाट आएका सर्पले टोकेका अधिकांश बिरामी गम्भिर अवस्थामा पुगेका हुन्छन् । त्यसैले उनीहरुलाई भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्छ । भेरी अस्पतालको आइसीयु वार्डमा ६ वटा भेन्टिलेटरसहितका बेड छन ।

यो बर्ष भेरी अस्पतालमा १ सय २० जना बिषालु सर्पले टोकेका बिरामी भर्ना भइसकेका छन भने १८ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । एक जना बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्दा निको हुन औसतमा ७ देखि १५ दिन लाग्छ । कतिपय त लामो समय भेन्टिलेटरमा बस्नुपर्छ । यसले गर्दा अन्य बिरामीको उपचारमा समस्या भइरहेको छ ।

यो बर्ष भेरी अस्पतालमा लैजाँदा सर्पदंशका २ जना बिरामीको मृत्यु भइसकेको छ । सर्पदंशका विरामीलाई जतिसक्दो छिटो उपचार गर्नुपर्छ तर नजिकका अस्पतालमा उपचार नगरिँदा एकातिर बिरामीको ज्यान जाने जोखिम छ भने अर्कोतिर एउटै अस्पतालमा बिरामी थुप्रिदा उपचारमा समस्या भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *