Main News

मुख्य नदीहरुको जल सतह घट्न थाल्यो, कुन नदीको सतह कति ?

हिमालय टिभी
२०७७ साउन ७ गते १३:४६
मुख्य नदीहरुको जल सतह घट्न थाल्यो, कुन नदीको सतह कति ?

७ साउन, २०७७ काठमाडौं । आज देशका मुख्य नदीहरुमा जल सतह घट्दो क्रममा रहेको छ । कन्काइ, कमला, बागमति, नारायणीलगायतका नदीहरुको बहाब घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका महानिर्देशक सरजु वैद्यले कोसी र त्यसका सहायक नदीहरुमा पानीको बहाब बढ्दो क्रममा रहेपनि कन्काइ, कमला, बागमति, नारायणी, पश्चिम राप्ती, बबई र केही सहायतक नदीहरुमा पानीको बहाव घट्दो क्रममा रहेको बताउनुभयो ।

महाकाली, कर्णाली र त्यसका सहायक नदीमा बहाब घट्दो क्रममा रहेको छ । कन्काइ, कमला, बागमति नदीमा बहाव घटबढ हुने क्रममा रहेको उहाँले बताउनुभयो । गत २४ घण्टामा कन्काइमा ९८ दशमलव ४ मिलिलिटर पानी परेको छ ।

भैरहवामा ६४ दशमलव ५, गल्कोटमा ७४ दशमलव २ मिलिलिटर पानी परेको उहाँले बताउनुभयो । अहिले देशभरीको मौसम बदली रहेको छ । प्रदेश नम्बर ५ र गण्डकी प्रदेशमा हल्का वर्षा भइरहेको छ । आगामी २४ घण्टामा प्रदेश नम्ब १, २ ५, बागमति र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।

आज अधिकांश स्थानमा वर्षा नभएपनि वर्षा नै नहुने भन्ने नभएको उहाँले बताउनुभयो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारीले पूर्वी राप्ती, भेरी, कन्काई, कमला, इनाउ, पश्चिम राप्ती बबई महाकाली लगायतका २१ वटा नदी आफ्नो कार्यक्षेत्रभित्र रहेको बताउनुभयो ।

महाकाली, कर्णाली, बबई, नारायणी, रुपाताल संक्षण, बक्राहा, कोशी, बागमति र कमलालगायत १० वटा नदी नियन्त्रणको जिम्मेवारी पनि आफ्नो मातहत आउने बताउनुभयो ।

गत आर्थिक वर्षमा ४७ किलोमिटर तटबन्द निर्माण भएको उहाँले बताउनुभयो । गत वर्ष १ सय ९० हेक्टर जग्गा डुबान हुनबाट जोगाइएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *