Main News

आज विभिन्न कार्यक्रमसहित पुष्पलाल स्मृति दिवस मनाइँदै

हिमालय टिभी
२०७७ साउन ७ गते १२:५७
आज विभिन्न कार्यक्रमसहित पुष्पलाल स्मृति दिवस मनाइँदै

७ साउन, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४२ औं स्मृति दिवस, विविध कार्यक्रम गरेर मनाइँदैछ ।

पुष्पलालको स्मरणमा नेपालका कम्युनिष्ट पार्टीहरुले उहाँको योगदानको चर्चा गर्दैछन्। कोरोना संक्रमणका कारण यस वर्ष पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम राखिएको छ ।

उहाँको स्मृति दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले पार्टीलाई थप एकताबद्ध बनाउनु नै पुष्पलालप्रति सच्चा सम्मान हुने बताएका छन् ।

नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ कम्युनिष्ट पार्टी स्थापना गरेका श्रेष्ठको मुटुरोगका कारण २ हजार ३५ साल साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।

दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणा विरोधी चेतना जागेको भएको थियो। २ हजार ६ साल वैशाख १० गते पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *