समाज

भेरी अस्पतालको एमरजेन्सी र आइसीयू वार्ड सर्पले डसेका बिरामीले भरिए

हिमालय टिभी
२०७७ साउन ७ गते १२:५३
भेरी अस्पतालको एमरजेन्सी र आइसीयू वार्ड सर्पले डसेका बिरामीले भरिए

७ साउन, २०७७, बाँके । बर्षात सुरु भएसंगै नेपालगन्जको भेरी अस्पतालको एमरजेन्सी र आइसीयु वार्ड सर्पले टोकेका बिरामीले भरिन थालेको छ ।

पछिल्ला दिनमा दैनिक ५ देखि १२ जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि भेरी अस्पतालमा पुग्ने गरेका छन् । सर्पले टोकेका बिरामीको एमबिबिएस तहका चिकित्सकहरु कार्यरत अस्पताल तथा नेपाली सेनाले संचालन गरेको सर्प उपचार केन्द्रहरुमा गर्न सकिन्छ ।

तर पछिल्ला दिनमा कोरोना संक्रमणको त्रास देखाएर सर्पले टोकेका बिरामीहरुलाई नजिकको अस्पतालहरुमा उपचार नगरेर नेपालगन्जको भेरी अस्पतालमा रिफर गरि दिने क्रम बढेको छ ।

जसका कारण भेरी अस्पतालमा सर्पले टोकेका बिरामीको चाप बढदै गएको हो। भेरी अस्पतालको आकस्मिक, आइसियु र जनरल वाडमा सर्पले टोकेका बिरामीको उपचार भई रहेको छ ।

नजिकका अस्पतालले सर्पले टोकेका बिरामीको उपचार नगरिदिदा कैलाली, बर्दिया, दाङ र सुर्खेतबाट समेत बिरामीहरु भेरी अस्पतालमा पुग्ने गरेका छन् । पछिल्लो २४ घन्टामा मात्रै भेरी अस्पतालमा १२ जना बिषालु सर्पले टोकेका बिरामीहरुको उपचार भईरहेको छ ।

भेरी अस्पतालको आइसियु बाडमा ६ वटा बेड र ६ वटै भेन्टिलेटर छन । यो बर्ष भेरी अस्पतालमा १ सय २० जना बिषालु सर्पले टोका बिरामी भर्ना भइ सकेका छन भने १८ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।

कोरोना नियन्त्ररण र उपचारको नाममा संघीय, प्रदेश र स्थानीय सरकारले करौडौ रकम खर्च गरे पनि क्वारेन्टाइनमा बस्दा सर्पले टोकेका विरामीले सरकारी निकायहरुबाट उपचारका लागि आर्थिक सहयोग पाउन सकेका छैनन । यो बर्ष भेरी अस्पतालमा पुराउदा पुराउदै बाटोमा २ जना बिरामीको मृत्यु भई सकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *