Main News

रोल्पाका पहिलो कम्युनिष्ट सदस्य बर्मन बुढाको निधन

हिमालय टिभी
२०७७ साउन ७ गते १२:४१
रोल्पाका पहिलो कम्युनिष्ट सदस्य बर्मन बुढाको निधन

७ साउन, २०७७ काठमाडौं । रोल्पाको थवाङ घर भएका पुराना कम्युनिष्ट नेता बरमन बुढाको निधन भएको छ ।

ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा उहाँको बिहान ९० वर्षको उमेरमा निधन भएको हो । विगत एक वर्षदेखि उहाँको आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो ।

बरमन बुढा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट सांसद बन्नु भएको थियो । जनमोर्चाका विजयी ९ सांसदहरुमध्ये एकजना बरमन बुढा हुनुहुन्थ्यो । त्यतिबेला संसदमा जनमोर्चाको नेतृत्व कृष्णबहादुर महराले गर्नु भएको थियो ।

बरमन बुढा तत्कालीन नेकपा माओवादीको जनयुद्धमा समेत होमिनु भएको थियो । गाउँमा मुखियाहरुको अन्याय अत्याचारको विरोध गर्दा उहाँ जेल पर्नु भएको थियो ।

प्युठान कारागारमा बस्दा मोहनविक्रम सिंहसँगको संगतले उहाँलाई कम्युनिष्ट बनाएको थियो । त्यसपछि २०१२ सालमा थवाङ फर्किएर उहाँले कम्युनिष्टको बिजारोपण गरेको बताइन्छ ।

यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट नेता बुढाको निधनले आफु मर्माहत भएको भन्दै दुख व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *