Main News

निरन्तरको वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध, खोल्ने प्रयास जारी

हिमालय टिभी
२०७७ साउन ६ गते १९:००
निरन्तरको वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध, खोल्ने प्रयास जारी

६ साउन, २०७७ काठमाडौं । लगातारको वर्षाका कारण देशभरका विभिन्न राजमार्ग तथा सडक खण्ड अवरुद्ध छन् ।

सडक विभागका अनुसार अधिक वर्षाका कारण आएको बाढी र पहिरोले देशभरका झण्डै ३० वटा सडकखण्ड अवरुद्ध भएको जनाएको छ ।

विभागले अत्यावश्यक काम बाहेक सडक प्रयोग गरेर यात्रा नगर्न पनि आग्रह गरेको छ । पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको जोगिमारा–मौवाखोला खण्ड र नारायणगढ–मुग्लिन सडकको कालीखोला सडकमा यातायात सञ्चालन गर्न अझै केही समय लाग्ने विभागले जनाएको छ ।

विभागका महानिर्देशक केशवकुमार शर्माले पृथ्वी राजमार्गको जोगिमारा–मौवाखोला खण्ड र नारायणगढ–मुग्लिन सडकको विकल्पमा त्रिभुवन राजपथ र बर्दिबास–सिन्धुली–बनेपा सडक प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

त्यस्तै अन्य अवरुद्ध सडक खण्डको पनि वैकल्पिक मार्ग प्रयोग गरेर यात्रा गर्न विभागले सबैलाई आग्रह गरेको छ । विभागले अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको समेत जनाएको छ ।

बढी सवारी साधन गुड्ने अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, कान्ति लोकपथ, नारायणगढ मुग्लिङ लगायतका सडक अहिले अवरुद्द छन् । कतिपय सडकमा पुल बगाएकाले निर्माणमा समय लाग्ने विभागको निष्कर्ष छ । वर्षा कम भए १५ दिनभित्र सडक खुलाउन सकिने विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *