Main News

यस्तो छ आगामी ९ गतेसम्मको मौसम पूर्वानुमान, सतर्कता अपनाउन सुझाव (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ६ गते १८:०७
यस्तो छ आगामी ९ गतेसम्मको मौसम पूर्वानुमान, सतर्कता अपनाउन सुझाव (भिडियोसहित)

६ साउन, २०७७, काठमाडौं । हिउँददेखि नै औषतभन्दा बढी वर्षा भएकाले यो वर्ष बाढी पहिरो बढेको छ । हिउँदमा औषतभन्दा २ सय ३० प्रतिशत बढी वर्षा भएको र मनसुनमा समेत १ सय ३० प्रतिशत बढी वर्षा भएकाले बढी पहिरो पनि बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

साउन ४ गतेदेखि मौसम सक्रिय भएर देशैभर वर्षा भइरहेको छ । यो क्रम साउन ९ गतेसम्म जारी रहने र त्यसपछि कम हुँदै जानेछ ।

तीन दिनयता प्रदेश २, ५ र गण्डकी प्रदेशमा १ सय ५० देखि २ सय मिलिमिटर पानी परेको छ । मनसुन सुरु भएयता प्रदेश नम्बर १ , २, र ५ मा औषतभन्दा २ सय प्रतिशत बढी पानी परेको छ । तीन दिनसम्म प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेशका नदीमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हिउँदको वर्षाले जमिन भिजेर गलिसकेका छन । यसले मनसुन सुरु हुने वित्तिकै ठाउँठाउँमा क्षति बढाएको छ ।

नेपालमा पछिल्लो समय मौसम पूर्वानुमान सही ठहरिन थालेको छ । विभागले बाढीको पूर्व सूचना समेत दिईरहेको छ । मनसुन सुरुभएयता मात्रै ५० लाख १७ हजार २ सय ३३ वटा मोबाइल एसएमएसमार्फत पूर्व सूचना दिइएको विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *