समाज

गिट्टी, बालुवा निकालेर खोलाको प्राकृतिक वहाव कायम राख्ने प्रयास (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ६ गते १८:०१
गिट्टी, बालुवा निकालेर खोलाको प्राकृतिक वहाव कायम राख्ने प्रयास (भिडियोसहित)

६ साउन, २०७७ नेपालगञ्ज । बाढीबाट सडक, पुल, सिक्टा सिँचाइको नहर र गाउँ बस्ती जोगाउन भन्दै बाँके राष्ट्रिय निकुन्ज क्षेत्र भएर बग्ने खहरे खोलामा थुप्रिएको ढुंगा, गिट्टी र बालुवा निकाल्न सुरु गरिएको छ । खोलाको बिचमा थुप्रिएको ढुंगा, गिट्टी र बालुवालाई एक्साभेटरमार्फत निकालेर बर्षातको बाढी खोलाबाटै बग्ने बनाउन लागिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिले बाँके राष्ट्रिय निकुन्ज र सिक्टा सिंचाइ आयोजनासँग समन्बय गरेर निकुन्ज क्षेत्रबाट बग्ने खैरी, सुख्खड र मगुवा खोलाको सडक तथा पुलभन्दा माथिल्लो क्षेत्रमा थुप्रिएको ढुंगा, गिट्टी र बालुवा निकाल्न थालेको छ । यी खोलाको प्राकृतिक वहाव सुनिश्चित गर्न थालिएको हो ।

२०६७ बैशाख ३० गते बाँके निकुन्ज स्थापना गरिए पछि निकुन्ज भएर बग्ने खोलामा ढुंगा, गिट्टी र बालुवा निकाल्न बन्द गरिएको थियो । १० बर्ष देखि खोलामा थुप्रिदै गएको ढुंगा, गिट्टी र बालुवाका कारण खोलाको सतह बढेर बस्तीमा क्षति पुर्‍याउँदै आएको छ ।

निकुन्ज क्षेत्र भएर बग्ने परुवा, खोचे,गाबर, गन्धेली र मुगुवा खोलामा ढुंगा, गिट्टी र बालुवाको सतह उकासिदै गएका कारण बाढी पसेर सिक्टा सिचाई आयोजनाको करिब १० किलोमिटर मुल नहरमा क्षति पुर्‍याएको छ । सिक्टा सिचाई आयोजना र स्थानिय बासिन्दाले बर्षौ देखि खोलामा थुप्रिएको ढुंगा, गिट्टी र बालुवा निकाल्न माग गर्दै आएका थिए ।

२०७४ सालमा बाढीले पुल भत्काएपछि पुर्ब पश्चिम राजमार्गको लमही कोहलपुर सडक खन्ड चार दिनसम्म अबरुद्ध भएको थियो । सडक अबरुद्ध हुदा बाढी प्रभाबित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउन समेत हम्मे हम्मे परेको थियो । बाँके राष्ट्रिय निकुन्ज चुरे क्षेत्रको ५ सय ५० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *