Political Hightlights

राष्ट्रपतिका कारण गणतन्त्र कमजोर भयोः महामन्त्री कोइराला

हिमालय टिभी
२०७७ साउन ६ गते १७:०७
राष्ट्रपतिका कारण गणतन्त्र कमजोर भयोः महामन्त्री कोइराला

६ साउन, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रलाई कमजोर बनाउने काम गरेको टिप्पणी गर्नुभएको छ ।

नेकपाभित्रको विवादमा राष्ट्रपति सक्रिया भएकोमा कोइरालाले आपत्ति जनाउनुभएको हो । वीपी स्मृति दिवसका अवसमार वीपी कोइराला युवा नेतृत्व विकास मञ्चले गरेको कार्यक्रमपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै कोइरालाले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउनुभएको हो । राष्ट्रपति भण्डारीका कारण गणतन्‍त्रभन्दा राजतन्‍त्र नै ठीक भन्‍ने जमात बढेको कोइरालाको टिप्पणी छ ।

सिंगो मुलुकको राष्ट्रपति बन्न नसकेको भन्दै तटस्थ भूमिका निर्वाह गर्न र सच्चिन राष्ट्रपति भण्डारीलाई आग्रह गर्नुभयो । कोइरालाले नेकपाको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेकोमा पनि आपत्ति जनाउनुभयो ।

राष्ट्रपति भण्डारी संवैधानिक मान मर्यादा विपरीत नेकपाको आन्तरिक विवाद मिलाउन सक्रिय भएर लाग्नुभएको छ । र, यो कदमको चर्को विवाद भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्