Political Hightlights

बाढीपहिरो पीडितको राहत र उद्धारमा जुट्न आव्हान गर्दैै नेकपा स्थायी कमिटी स्थगित

हिमालय टिभी
२०७७ साउन ६ गते १४:५६
बाढीपहिरो पीडितको राहत र उद्धारमा जुट्न आव्हान गर्दैै नेकपा स्थायी कमिटी स्थगित

६ साउन, २०७७ काठमाडौं । बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक एक हप्ताका लागि स्थगित भएको छ । १९ दिनपछि बसेको बैठक आधा घण्टामै सकिएको थियो ।

बैठकले बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । अर्को बैठक साउन १३ गते बस्नेछ । नेकपाले सरकारलाई पनि राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेको छ ।

आजको बैठकमा पनि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली उपस्थित हुनुभएन । सरकारी कामका कारण ओली उपस्थित नभएको नेकपाका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठक अघि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्