खेलकूद

इटालियन सिरी ए मा युभेन्टसको उपाधि यात्रा थप बलियो

हिमालय टिभी
२०७७ साउन ६ गते ७:३५
इटालियन सिरी ए मा युभेन्टसको उपाधि यात्रा थप बलियो

६ साउन, २०७७ काठमाडौं । इटालियन सिरी ए मा युभेन्टसको उपाधि यात्रा थप बलियो भएको छ ।

सिरी ए अन्तर्गत पछिल्लो खेलमा युभेन्टसले लाजियोलाई २–१ गोलले हराएको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सको जितमा दुबै गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए ।

यससँगै रोनाल्डो सिरी ए, ला लिगा र प्रिमियर लीगमा ५० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । ५१ औ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए ।

लाजियोका खेलाडीले डिबक्समा हातले बल छोएपछि भिडियो एसिस्टेन्ट रेफ्रिको सहायताले युभेन्टसले पेनाल्टीको अवसर पाएको थियो।

लगत्तै तीन मिनेटपछि नै रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सले खेलमा २–० को अग्रता लियो । लाजियोका लागि ८३ औ मिनेटमा इमोबेलीले पेनाल्टीमार्फत सान्त्वना गोल गरेका थिए ।

जितसँगै शीर्ष स्थानको युभेन्ट्सले ३४ खेलबाट ८० अंक जोडेको छ । उसले दोस्रो स्थानको इन्टरसँगको अंक दूरी ८ अंकले बढाएको छ ।

अब युभेन्ट्सलाई लगातार नवौं लीग उपाधि जितका लागि मात्र ४ अंक आवश्य देखिएको छ । हारसँगै चौथो स्थानको लाजियो ६९ अंकसहित च्याम्पियन्स लीग छनोटको दौडमा यथावत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्