आर्थिक

विश्व बैंकले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि करिब १४ अर्ब ऋण दिने

हिमालय टिभी
२०७७ साउन ५ गते १८:४२
विश्व बैंकले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि करिब १४ अर्ब ऋण दिने

५ साउन, २०७७ काठमाडौं । विश्व बैंकले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारलाई करिब १४ अर्ब रुपैयाँ ऋण दिएको छ ।

विश्व बैंकले कार्यक्रम अन्तर्गतको ‘युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’ का लागि १ सय २० मिलियन डलर सहयोग गरेको हो ।

आयोजनालाई उपलब्ध रकमको ९० प्रतिशत स्थानीय तहका सार्वजनिक पूर्वाधार मर्मत(सम्भार स्तरोन्नतिको कार्यमा परिचालन हुनेछ ।

आन्तरिक रोजगारी प्रवर्द्धन र बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिवृद्धि र रोजगारमूलक सेवाको विस्तार गर्न यो सहयोग महत्वपूर्ण हुने विश्व बैंकको विश्वास छ । आयोजना अन्तर्गत १ लाख जनालाई रोजगारी दिने योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *