समाज

गोदावरी नगरपालिकाका दुई जना कर्मचारी घुससहित पक्राउ

हिमालय टिभी
२०७७ साउन ५ गते १७:३४
गोदावरी नगरपालिकाका दुई जना कर्मचारी घुससहित पक्राउ

५ साउन, २०७७ काठमाडौं । सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका २ जना कर्मचारीलाई पक्राउ गरेको छ ।

अख्तियारको टोलीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशी र सव ओभरसियर किशोरकुमार मोक्तानलाई घुस लिएको आरोपमा पक्राउ गरेको हो ।

सेवाग्राहीसँग घुस लिएर जैशी र मोक्तानले बाँडेको अख्तयारको दावी छ । यससम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *