आर्थिक

मौद्रिक नीतिपछि आकाशिएको शेयर बजारमा करेक्सन

हिमालय टिभी
२०७७ साउन ५ गते १७:३१
मौद्रिक नीतिपछि आकाशिएको शेयर बजारमा करेक्सन

५ साउन, २०७७ काठमाडौं । मौद्रिक नीतिपछि आकाशिएको शेयर बजारमा आज करेक्सन भएको छ ।

हिजो ६ प्रतिशतले बढेपछि सर्किट ब्रेक लागेर कारोबार नै रोकिएको शेयर बजार आज पनि शुरुमा बढेको थियो । तर दोश्रो सर्किट ब्रेकपछि खुलेको बजार करेक्सन हुँदै घटेको हो।

आज बजार बन्द हुने बेलामा नेप्से १४ दशमलव शुन्य नौ अंकले घटेर १४ सय ६४ दशमलव ९४ बिन्दुमा झरेको छ । नेप्से घटे पनि कारोबार भने उच्च छ ।

आज २ अर्ब ८० करोड रुपैयाँको शेयर किनबेच भएका छन् । मौद्रिक नीतिले शेयर धितो कर्जा ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्‍याएको थियो ।

यस्तै मौद्रिक नीतिले बैंक तथा वित्तिय संस्थाले नगद लाभांशको सट्टा बोनश शेयर वितरण गर्न प्रोत्साहन गरेको छ । जसका कारण हिजो र आज शुरुमा शेयरको भाउ बढेको थियो । तर बढेको बजारमा शेयर बिक्रेता बढेपछि बजार करेक्सन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *