Main News

डिजिटल दुनियाँले यसरी बिगार्दैछ आँखा, आँखा बचाउन के गर्ने ?(भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ५ गते १७:०४
डिजिटल दुनियाँले यसरी बिगार्दैछ आँखा, आँखा बचाउन के गर्ने ?(भिडियोसहित)

५ साउन, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथामका लागि अवलम्बन गरिएको लकडाउनका कारण अहिले विश्व नै डिजिटल प्रविधिमा प्रवेश गरेको छ । किनमेलदेखि कार्यालयका काम, सबै कम्प्युटरमार्फत हुन थालेका छन् ।

यतिसम्म कि अध्ययन पनि डिजिटल प्रविधिमै हुन थालेको छ । मानिसको दैनिकी नै भर्चुअलमा प्रवेश गरेसँगै यसले मानिसको स्वास्थ्यमा प्रतिकुल असर गर्न थालेको छ ।

पछिल्लो समय मानिसको दिनचर्या मोबाइल, ट्याबलेट, ल्यापटप, टेलिभिजन अगाडी नै बितिरहेको छ । लकडाउनअघि सम्म अविभावकले आफ्ना बालबच्चालाई मोबाईल तथा कम्प्युटरबाट टाढा बस्न भनिरहेका थिए ।

तर, अनलाइन कक्षा सञ्चालन भएसँगै बालबालिकाको दिनचर्या मोबाइल तथा ल्यापटपमा वित्न थालेको छ । अविभावक पनि कार्यालयको काम कम्प्युटरमै गर्न थालेका छन् । यसले गर्दा उनीहरुको आँखामा प्रतिकुल असर पर्न थालेको छ । यतिमात्र होइन, टाउको दुख्ने, आँखा सुख्खा हुने, दुख्ने पोल्ने जस्ता समस्या देखिन थालेको छ ।

कम्प्युटर तथा ल्यापटपमा अधिक समय हेरिराख्दा दृष्टी सम्बन्धि दीर्घकालिन समस्या आउन सक्छ । त्यसैले हामीले धेरै सावधानी अपनाउनु आवश्यक छ ।

लामो समय कम्प्युटरमा बस्दा आँखा र टाउकोमा मात्र होइन, नसा तथा हाडजोर्नीको समस्या पनि देखिन क्छ । त्यसैले केही समय रोकेर हल्का ब्यायाम गर्दा पनि समस्या न्युनिकरण गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *