Political Hightlights

खुमलटारमा पूर्व माओवादी नेताहरुको भेलाः ओलीले एउटा पद छोड्नुपर्ने निष्कर्ष

हिमालय टिभी
२०७७ साउन ५ गते १४:५६
खुमलटारमा पूर्व माओवादी नेताहरुको भेलाः ओलीले एउटा पद छोड्नुपर्ने निष्कर्ष

५ साउन, २०७७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी समूहका स्थायी कमिटी सदस्यलाई एक ठाउँमा राख्ने प्रयास गर्नुभएको छ ।

प्रचण्डले खुमलटारमा पूर्व माओवादी समूहका स्थायी कमिटी सदस्यहरुको भेला गर्नुभएको हो । भेलामा रामबहादुर थापा, जनार्दन शर्मा र लेखराज भट्ट भने उपस्थित हुनुभएन ।

केही दिनयता नेकपाभित्र भइरहेको राजनीतिक घट्नाक्रमबारे नेताहरुलाई जानकारी गराउँदै अध्यक्ष प्रचण्डले कम्तिमा महाधिवेशन सम्म पूर्व माओवादी एकै ठाउँमा उभिन आग्रह गर्नुभएको छ ।

भेलामा प्रचण्डले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नगरेको र मंसिरमा महाधिवेशन गर्ने प्रस्तावमा आफू सहमत नरहेको प्रष्टिकरण दिएको स्रोतले जनाएको छ ।

प्रचण्डले पार्टी एकता, सिद्धान्त र संगठन जोगाउन आफु प्रतिबद्ध भएर लागेपनि नेताहरु अल्मल्लिएको भन्दै आक्रोश व्यक्त गरेको स्रोतले जनाएको छ ।

भेलाले ओलीले दुईमध्ये एउटा पद छोड्नु पर्नेमा जोड दिएको छ । एकता कायमै रहने गरी समाधान खोज्ने स्थायी कमिटी सदस्यहरुले प्रचण्डलाई सुझाव दिएका छन । तर सहमतिको बल अब ओलीको कोर्टमा रहेको एक स्थायी कमिटी सदस्यले बताए ।

उनीहरुले स्थायी कमिटी बैठकलाई एजेण्डामै फर्काएर निकास निकाल्नुपर्नेमा पनि जोड दिएका छन । भेलामा सहभागी नेताका अनुसार मंसिरमा गर्ने भनिएको महाधिवेशनले समस्याको हल नदिने भन्दै त्यसअघि वैचारिक विषय टुंगो लगाउन पनि प्रचण्डलाई सुझाव दिएका छन ।

प्रचण्डसँगको छलफलपछि पूर्व माओवादी समूहका केही स्थायी कमिटी सदस्य अहिले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफलमा छन । कोटेश्वरमा छलफल चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्