खेलकूद

एफए कप फूटबल उपाधिका लागि चेल्सी र आर्सनलबीच प्रतिस्पर्धा

हिमालय टिभी
२०७७ साउन ५ गते ८:२०
एफए कप फूटबल उपाधिका लागि चेल्सी र आर्सनलबीच प्रतिस्पर्धा

५ साउन, २०७७ काठमाडौं । एफए कप फूटबलको उपाधिका लागि चेल्सी र आर्सनलबीच प्रतिस्पर्धा हुने भएको छ ।

गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडलाई ३(१ गोलले हराउँदै चेल्सीले आर्सनलसंगको उपाधि भिडन्त पक्का पारेको हो ।

वेम्बली रंगशालामा भएको खेलमा चेल्सीको जितमा ओलिभर जिरुड र मासन माउन्टले एक(एक गोल गरे । चेल्सीले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो । युनाईटेडका लागि ब्रुनो फर्नान्डेजले सान्त्वना गोल फर्काए ।

पहिलो हाफको अतिरिक्त समयमा जिरुडको गोलमार्फत चेल्सीले खेलमा अग्रता बनाएको थियो । त्यसपछि ४६ औं मिनेटमा माउन्टले गोलपछि चेल्सीले अग्रता दोब्बर बनायो ।

७४ औं मिनेटमा युनाइटेडका कप्तान ह्यारी मग्वाएरले आफ्नै पोष्टमा गोल गरेपछि चेल्सीले खेलमा ३–० को अग्रता बनायो । युनाइटेडका लागि ८५ औं मिनेटमा ब्रुनो फर्नान्डेसले सान्त्वना गोल गरेका थिए ।

यसअघि पहिलो सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई २(० गोलले हराउँदै कीर्तिमानी १३ पटकको च्याम्पियन आर्सनल फाइनल पुगिसकेको छ । फाइनल खेल अगष्ट १ मा वेम्बलीमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्