Main News

सरकारको निर्णयअनुसार आजबाट सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको तयारी

हिमालय टिभी
२०७७ साउन ५ गते ८:१३
सरकारको निर्णयअनुसार आजबाट सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको तयारी

५ साउन, २०७७ काठमाडौं । सरकारको निर्णयअनुसार आजदेखि सवारीसधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् ।

यातायात व्यवस्था विभागमा हिजो भएको छलफलमा व्यवसायी आजदेखि यातायात सञ्चालन गर्न सहमत भएका हुन ।

सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायी यातायात सञ्चालन गर्न तयार भएका हुन् ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले कोरोना संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न आग्रह गर्नुभयो ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीले उठाउँदै आएका माग मौद्रिक नीतिमार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो ।

आज काठमाडौं उपत्यकामा फाट्टु फुट्ट मात्र सार्वजनिक सवारी चलेका छन् । आजदेखि जिल्ला भित्र मात्रै यातायात सञ्चालन हुनेछन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा भने सञ्चालन हुन पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *