Main News

महामारीयता विभिन्न मुलुकबाट १८३ जना नेपालीको शव ल्याइयो

हिमालय टिभी
२०७७ साउन ४ गते १९:२०
महामारीयता विभिन्न मुलुकबाट १८३ जना नेपालीको शव ल्याइयो

४ साउन, २०७७ काठमाडौं । कोरोना महामारीपछि विभिन्‍न मुलुकमा ज्यान गुमाएका १ सय ८३ नेपालीको शव ल्याइएको छ ।

कोरोना संकट व्यवस्थापन केन्द्रका अनुसार साउदी अरेबियाबाट मात्रै उद्धार उडान मार्फत ६३ वटा शव ल्याइएको छ । यस्तै कतारबाट ४९, मलेसियाबाट ४१, कुवेतबाट ८ वटा शव ल्याइएको छ ।

यस्तै यूएईबाट १३ र बहराइनबाट ७ तथा ओमन, भारत र माल्दिभ्स एक एकवटा शव स्वदेश ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

कुन देशबाट कति शव ल्याइयो ?
साउदी अरेबियाबाट ६३
कतारबाट–४९
मलेसियाबाट–४१
यूएईबाट–१३
कुवेतबाट ८
बहराइनबाट–७
ओमन– १
भारत–१
माल्दिभ्स–१

विदेशमा विभिन्‍न कारणले मृत्यु भएकाको शव वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पुर्‍याउने व्यवस्था मिलाएको छ । यसअघि मृतकका परिवारले घरसम्म शव लैजानका लागि काठमाडौं आएर वैदेशिक रोजगार बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था थियो ।

तर, कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकामा मृतकका आफन्तजन आउन सक्ने अवस्था नहुँदा बोर्ड आफैंले शव बुझेर घरसम्मै पुर्‍याउने व्यवस्था मिलाएको हो ।

कोरोनाकै कारण विदेशमा मृत्यु भएका नेपालीहरुलाई भने त्यही देशमा अन्त्येष्टिका लागि वैदेशिक रोजगार बोर्डले सुरु गरेको छ । जसका लागि परिवारबाट सहमति प्राप्त भैरहेको बोर्डले जनाएको छ । आजसम्म उद्धार उडान मार्फत ३२ हजार २० जना नेपाल फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *