Main News

नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुग्यो

हिमालय टिभी
२०७७ साउन ४ गते १६:३९
नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुग्यो

४ साउन, २०७७ काठमाडौं । नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १५६ जना नयाँ संक्रमित थपिएँसै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७ सय ४१ वटा पीसीआर परीक्षणमा १ सय ५६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

अहिलेसम्म प्रदेश नम्बर १ मा ८ सय ३०, प्रदेश नम्बर २ मा ४ हजार ५ सय ५१, बागमती प्रदेशमा ८ सय ५६ र गण्डकी प्रदेशमा १ हजार ३ सय ८१ जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ७२, कर्णाली प्रदेशमा १ हजार ८ सय १४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५४ जनामा संक्रमण देखिएको छ । अहिले देशका विभिन्न आइसोलेसनमा ५ हजार ९ सय २३ जना संक्रमित उपचाररत रहेका छन् ।

त्यस्तै, मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार आइतबार मात्र कोरोना निको भएर घर फर्कनेको संख्या ५८ छ भने हालसम्म निको हुनेको कुल संख्या ११ हजार ६ सय ९५ रहेको छ।

अहिले देशभरका क्वारन्टिनमा २२ हजार ६ सय ६१ जना रहेका छन् । नेपालमा आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *