११ वर्षीय भाञ्जाको हत्या गरेर फरार अभियुक्त १३ वर्षपछि पक्राउ

हिमालय टिभी
२०७७ साउन ४ गते १४:५१
११ वर्षीय भाञ्जाको हत्या गरेर फरार अभियुक्त १३ वर्षपछि पक्राउ

४ साउन, २०७७, काठमाडौं । ११ वर्षीय भाञ्जाको हत्या गरी फरार अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाले हत्याका अभियुक्त ४५ वर्षीय राजेशकुमार गुप्तालाई सार्वजनिक गरेको हो । भारतको मुजफ्फरपुर बस्दै आएका गुप्ता नेपाल आएको जानकारी पाएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गुप्ताको समूहले २०६४ साल असोज २४ गते काठमाडौंको खिचापोखरी बस्ने ११ वर्षीय रोहित गुप्तालाई अपहरण गरी दुई लाख पचास हजार फिरौती माग गरेका थिए ।

परिवारले फिरौती बापतको रकम दिए पनि बालकलाई अपहरण मुक्त नगरेपछि खोजतलास गर्ने क्रममा असोज २७ गते कमलादीको सडक पेटीमा प्लास्टिकको बोरामा पोको पारी फालिएको अवस्थामा बालकको शव फेला परेको थियो ।

पक्राउ परेका गुप्ताले केही समयसम्म परिवार र प्रहरीलाई अपराधी खोज्न सहयोग गरेका थिए । तर पछि गुप्ताप्रति नै शंका बढ्न थालेपछि उनी बेपत्ता भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *