समाज

गण्डकी प्रदेशमा थप २४ जना कोरोना संक्रमित फेला, संक्रमितको संख्या १३२० पुग्यो

हिमालय टिभी
२०७७ साउन ४ गते १२:३५
गण्डकी प्रदेशमा थप २४ जना कोरोना संक्रमित फेला, संक्रमितको संख्या १३२० पुग्यो

४ साउन, २०७७, पोखरा । गण्डकी प्रदेशमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकीमा संक्रमितको संख्या एक हजार तीन सय २० पुगेको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले लमजुङका ६ र कास्कीका ६ जनामा कोरोना संक्रमण पुष्ट भएको जनाएको छ ।

लमजुङका बेशींसहर नगरपालिका, राईनाश गाउँपालिका, दूधपोखरी गाउँपालिका र सुन्दरबजार नगरपालिकाका एक एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, लमजुङकै मध्यविन्दु नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

कास्कीको पोखरा महानगरमा पनि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आज बिहान पर्वत, बागलुङ, स्याङजा र म्याग्दीका २र२ जना पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

गण्डकी प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या ९ सय ३८ छ । कुल संक्रमितमध्ये हालसम्म ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरामा उपचारका क्रममा स्याङजाका २ जना, गोरखामा एक जना र बागलुङका एकजनाको क्वारन्टिनमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *