आर्थिक

शेयर बजारमा मौद्रिक नीतिको सकारात्मक असर

हिमालय टिभी
२०७७ साउन ४ गते १२:३२
शेयर बजारमा मौद्रिक नीतिको सकारात्मक असर

४ साउन, २०७७ काठमाडौं । शेयर बजारमा मौद्रिक नीतिको सकारात्मक असर परेको छ ।

नेप्से ६ प्रतिशतले बढेपछि आजको कारोबार १२ बजेर ८ मिनेटमा नै रोकिएको छ । तीन पटक सर्किट लागेको आजको बजारमा जम्मा ८ मिनेटमात्र कारोबार भएको थियो ।

बजार खुलेको ६ मिनेटमा नै नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको थियो । त्यसको २० मिनेटमा खुलेको बजार एक मिनेटमा नै थप १ प्रतिशतले बढ्यो र फेरि सर्किट ब्रेक लगाएर ४० मिनेटका लागि कारोबार रोकियो ।

१२ बजेर ७ मिनेटमा खुलेको बजार एक मिनेट भित्रै थप एक प्रतिशतले बढेर समग्रमा ६ प्रतशितले बढेको हो । नेप्से ८४ दशमलव २६ अंकले बढेर १४ सय ७९ अंकमा पुगेको छ ।

मौद्रिक नीतिले शेयर धितो कर्जा ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याएिको थियो । यस्तै मौद्रिक नीतिले बैंक तथा वित्तिय संस्थाले नगद लाभांशको सट्टा बोनश शेयर वितरण गर्न प्रोत्साहन गरेको छ ।

जसका कारण आज बैंक तथा वित्तिय संस्थाको शेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । आज कारोबार भएका सबै कम्पनीको शेयरको भाउ बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *