समाज

नक्कली नेपाली नोटसहित लागू औषध कारोबारी पक्राउ

हिमालय टिभी
२०७७ साउन ४ गते १२:२९
नक्कली नेपाली नोटसहित लागू औषध कारोबारी पक्राउ

४ साउन, २०७७, बारा । प्रहरीले बारामा लागूऔषध कारोबारीको साथबाट १५ लाख ४४ हजार चार सय बराबरको नक्कली नेपाली नोट बरामद गरेको छ ।

पाँच सय र पचास दरको १ लाख ८३ हजार ६ सय ५० को भारतीय नोट पनि भेटिएको छ । लागूऔषध नियन्त्रण ब्युरोले चलाएको अपरेशनमा बाराको महागढीमाई नगरपालिका–२, बरियापुरबाट पक्राउ परेका तीन लागूऔषध कारोबारीको साथमा नक्कली नोट बरामद भएको हो ।

पक्राउ पर्नेमा भारतको मोतिहारीका सुधिरकुमार कुशहवा, बाराका मनोज शाह तेली र नरेन्द्रप्रसाद कुशहवा छन् । उनीहरुलाई ना ५४ प ३८०५ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा उनीहरुको शरीर तथा मोटरसाइकलमा रहेको प्लाष्टिकका बोराहरु खानतलासी गर्दा नक्कली नोटहरु बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, बारामा बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *