राजनीति

नेकपामा अध्यक्ष ओलीको नयाँ प्रस्ताव, मंसिरमा महाधिवेशन

हिमालय टिभी
२०७७ साउन ४ गते ७:३६
नेकपामा अध्यक्ष ओलीको नयाँ प्रस्ताव, मंसिरमा महाधिवेशन

४ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सार्नु भएको छ ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको दबावका बावजुद प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान लिइरहेका ओलीले महाधिवेशनको नयाँ प्रस्ताव अघि सार्नु भएको हो ।

ओलीको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्य सहमत देखिएका छन् । तर, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतले भने दुई नेताको सहमति र प्रस्ताव कार्यान्वयन हुनेमा आशंका गरेका छन् ।

शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले महाधिवेशनको नयाँ प्रस्ताव ल्याएपछि अर्का अध्यक्ष प्रचण्ड आलोपालो प्रधानमन्त्रीको आफ्नो पुरानो अडानबाट पछि हट्नु भएको छ ।

मंसिरमै महाधिवेशन गर्ने हो भने त्यसबेलासम्म केपी ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये दुबै पद छाड्नु नपर्ने प्रचण्डले बैठकमा संकेत गर्नु भएको थियो । बैठकमा ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेलले महाधिवेशन गर्ने ओलीको प्रस्तावको खुलेर समर्थन गर्नु भएको छ ।

प्रचण्ड र बादल पनि ओलीकै प्रस्तावको पक्षमा उभिएपछि ९ सदस्यीय सचिवालयको बहुमत ओलीको पक्षमा देखिएको छ । बैठकमा नेपाल, खनाल,गौतम र नारायणकाजी श्रेष्ठ चार नेताले भने लिखित प्रस्ताव ल्याउनुपर्ने माग गर्नु भएको छ ।

बैठकमा बरिष्ठ नेता नेपालले पनि आफू पार्टी एकता र समझदारीकै पक्षमा रहेको बताउँदै एक वा अर्को पक्षमा खेलेर अर्कोलाई किराना लगाउने षडयन्त्र बन्द हुनुपर्ने बताउनु भएको थियो ।

सचिवालय बैठक सकिनासाथ प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास जनु भएको थियो । राष्ट्रपतिसँगको भेटमा के के कुरा भयो भन्ने बारे भने केही खुलाइएको छैन ।

यसैबीच पटक पटक स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक आज पनि बोलाइएको छ । तर बस्ने नबस्ने टुंगो छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्