समाज

हुलाकी सडक अतिक्रमण गरेर बनाइएका घरटहरामा चल्यो डोजर

हिमालय टिभी
२०७७ साउन ३ गते १८:३६
हुलाकी सडक अतिक्रमण गरेर बनाइएका घरटहरामा चल्यो डोजर

३ साउन, २०७७, कपिलवस्तु । कपिलवस्तुमा हुलाकी सडक अतिक्रमण गरेर बनाइएका घर टहरा हटाउन शुरु गरिएको छ ।

कपिलवस्तु नगरपालिकाले सूचना जारी गर्दै साउन २ गतेभित्र अतिक्रमण गरेर बनाइएका संरचना हटाउन दिएको निर्देशन पालना नभएपछि डोजर चलाइएको हो ।

कपिलवस्तु नगरपालिका र हुलाकी राजमार्ग आयोजना कार्यालयका दुई वटा डोजरले जिल्ला समन्वय समिति, नेपाल टेलिकम र बालमन्दिरको पर्खालसँगै तौलेश्वर माबिको सटर र गौतमबुद्ध यात्रु प्रतिक्षालय भत्काएको छ ।

कपिलवस्तु नगरपालिकाले सडकको दाँया र बाँया १५–१५ मिटर भित्र पर्ने संरचना हटाउन असार २५ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

हुलाकी सडक आयोजना अन्तर्गत जमुवारको नहरदेखि छोटकी तौलिहवामासम्मको सडक अतिक्रमण गरेर बनेका भवन, पर्खाल र प्रतिक्षालय लगायतका संरचना हटाइने छ ।

बहादुरगञ्ज जाने सडकदेखि भिक्षु चोकसम्मको सडक अतिक्रमण समेत हटाउने कपिलवस्तु नगरपालिकाको योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *