समाज

चिकित्सकले आफूले पाएको भत्ताबाट विपन्न किसानको ऋण तिरिदिए

हिमालय टिभी
२०७७ साउन ३ गते १२:५७
चिकित्सकले आफूले पाएको भत्ताबाट विपन्न किसानको ऋण तिरिदिए

३ साउन, २०७७, सुर्खेत । कर्णाली प्रदेशका एक चिकित्सकले आफूले पाएको प्रोत्साहन भत्ताबाट विपन्न किसानको ऋण तिरिदिनुभएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसीले प्रोत्साहन भत्ता वीरेन्द्रनगरका किसान कृष्णबहादुर खत्रीको ऋण तिर्नका लागि दिनुभएको हो ।

कर्णाली प्रदेश सरकारले आधारभूत तलबको ७५ प्रतिशत प्रोत्साहन भत्ता दिने गरेको छ । त्यही भत्ताबापत आएको करिब २ लाख रुपैयाँ उहाँले खत्री परिवारलाई दिनुभएको हो । डाक्टर केसीले साना किसानका समस्याप्रति सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

यो परिवारले भैंसी बेचेर कतिपय ऋण तिरेको थियो । अहिले रकम पाएपछि परिवारमा खुसीयाली छाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *