समाज

सञ्चारकर्मीलाई उचित पारिश्रमिक दिन र रोजगारीको हक सुनिश्चित गर्न माग

हिमालय टिभी
२०७७ साउन २ गते १७:४८
सञ्चारकर्मीलाई उचित पारिश्रमिक दिन र रोजगारीको हक सुनिश्चित गर्न माग

२ साउन, २०७७ काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारीका बेला सञ्चारकर्मीलाई उचित पारिश्रमिक दिन र रोजगारीको हक सुनिश्चित गर्न माग गरेको छ ।

आयोगले विज्ञप्ति निकालेर महामारीको असहज परिस्थितिमा जोखिममा रही सूचना सम्प्रेषणमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारको श्रमको सम्मान गर्न र रोजगारीबाट नहटाउन सञ्चार प्रतिष्ठान र नेपाल सरकारलाई आग्रह गरेको हो ।

कोरोना महामारी र लकडाउनको अवस्थामा केही सञ्चारगृहले लामो समयदेखि कार्यरत सञ्चारकर्मीलाई पारिश्रमिकसमेत नदिई, जिम्मेवारीबाट हटाई, विनाकारण अति दुर्गम स्थानमा सरुवा गरी मानसिक तनाव समेत दिएको उजुरी परेको आयोगले जनाएको छ ।

काठमाडौं उपत्यकालगायत विभिन्न जिल्ला सदरमुकामबाट दुईहजार भन्दा बढी श्रमजीवी पत्रकार पेसाबाट पलायन हुनुपरेको नेपाल पत्रकार महासंघले जानकारी दिएको पनि आयोगले जनाएको छ ।

यसले नेपालको संविधानको धारा ३४ को उपधारा १ र २ बमोजिमको श्रम, सुविधा, पारिश्रमिक र सामाजिक सुरक्षाको हकबाट पत्रकारवञ्चित हुन पुगेको आयोगका प्रवक्ता वेद भट्टराईले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *