Main News

नेपालमा १०१ जना कोरोना संक्रमित थपिए, थप २८५ जना निको भए

हिमालय टिभी
२०७७ साउन २ गते १६:४४
नेपालमा १०१ जना कोरोना संक्रमित थपिए, थप २८५ जना निको भए

२ साउन, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सप्तरीका ७३ वर्षीय वृद्धको गएराति मृत्यु भएको हो । मृतकमा मुटु रोगका समेत विरामी रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमणका कारण पहिलो पटक मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक थप १ सय १ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

पछिल्लो पटक सबैभन्दा बढी लमजुङमा २२ जना संक्रमित भेटिएका छन् । भक्तपुरमा २ र काठमाडौंमा १ संक्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो पटक ४ हजार ६ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ । थप २ सय ८५ जना संक्रमणमुक्त भएर विभिन्न आइसोलेसनबाट डिस्चार्ज भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *