Main News

केराबारी गाउँपालिकाका अध्यक्षमाथि कार्यालयमै खुकुरी प्रहार

हिमालय टिभी
२०७७ साउन २ गते १४:२३
केराबारी गाउँपालिकाका अध्यक्षमाथि कार्यालयमै खुकुरी प्रहार

२ साउन, २०७७, मोरङ । कार्यालयमै स्थानीय एक युवकले खुकुरी प्रहार गर्दा मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितकुमार कार्की घाइते हुनुभएको छ ।

स्थानीय भवन ठकुरीले उहाँलाई कार्यालयमै खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । अध्यक्ष कार्कीलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ ।

आर्थिक बर्ष २०७६-०७७ असार मसान्तसम्म गाउँपालिकाको पटके करको ठेक्का लिएका ठकुरी साउन एक गतेदेखि गाउँपालिका आफैंले कर उठाउन थालेपछि आक्रमणमा उत्रिएका थिए । ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *