आर्थिक

गण्डकी प्रदेश सरकारद्वारा ३२ अर्ब १३ करोड बढी बजेट खर्च

हिमालय टिभी
२०७७ साउन २ गते १४:११
गण्डकी प्रदेश सरकारद्वारा ३२ अर्ब १३ करोड बढी बजेट खर्च

पोखरा । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा ६३ दशमलव ७१ प्रतिशत बजेट खर्च गरेको छ । ३२ अर्ब १३ करोड ४७ लाख कुल बजेट मध्ये २० अर्ब ४७ करोड २७ लाख प्रदेश सरकारले खर्च गरेको हो ।

चालु खर्चतर्फ ५२ दशमतल ८ प्रतिशत र पूँजीगततर्फ ७० दशमलव चार छ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकीले जानकारी दिएको छ । चालु खर्च तर्फ १२ अर्ब २८ करोड ५७ लाख बजेट बिनियोजन गरेको सरकारको ६ अर्ब ४८ करोड ६३ लाख रुपैँया खर्च भएको छ ।

पूँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख बजेट बिनियोजन गरेको सरकारले १३ अर्ब ९८ करोड ६४ लाख खर्च गरेको छ ।

सबैभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले ७५ दशमलव पाँच छ प्रतिशत बजेट खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले ७२ दशमलव नौ पाँच प्रतिशत, कृषि तथा भूमि व्यवस्था मन्त्रालयले ६६ दशमलव छ पाँच प्रतिशत बजेट खर्च गरेको छ ।

त्यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ५९ दशमलव पाँच तीन प्रतिशत, आन्तरिक मामिला तथा कानून मन्त्रालयले ३३ दशमलव आठ दुई प्रतिशत र आर्थिक मामिला तथा योजना मन्त्रालयले ३४ दशमलव एक छ प्रतिशत बजेट खर्चेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ६४ दशमलव ५ प्रतिशत बजेट खर्चेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *