आर्थिक

आज मौद्रिक नीति सार्वजनिक गरिँदै

हिमालय टिभी
२०७७ साउन २ गते १३:४०
आज मौद्रिक नीति सार्वजनिक गरिँदै

२ साउन, २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ ।

राष्ट्र बैंकको सञ्चालक समितिको आज बिहान बसेको बैठकले मौद्रिक नीति पारित गरे पछि सार्वजनिक गर्न लागिएको हो । कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्र थलिएका बेला आउन लागेको मौद्रिक नीतिलाई महत्वका साथ हेरिएको छ ।

गभर्नर महाप्रसाद अधिकारीले दिउँसो तीन बजे मौद्रिक नीति सार्वजनिक गर्ने कार्य‍क्रम छ । कोरोनाबाट प्रभावित उद्योग व्यवसायलाई विशेष सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी छ ।

कोरोनाबाट बढि प्रभावित पर्यटन, यातायात, साना तथा मझौला उद्योग व्यवसायलाई ब्याजदरमै सहुलियत दिने गरी मौद्रिक नीति आउनेछ । यस्तै ऋण तिर्ने भाका सार्ने र आवश्यक्ता अनुसार पुनकर्जाको सुविधा समेत नीतिमा राखिएको छ ।

मौद्रिक नीति मार्फत् पुनर्कर्जा कोषलाई बढाउँदै लैजाने नीति अबलम्बन गरिनेछ । गत वर्षको मौद्रिक नीतिले जोड दिएको ठूला बैंकबीचको मर्जरको विषयलाई समेत निरन्तरता दिइनेछ । यद्यपी यो वर्ष पनि मर्जरलाई प्रोत्साहन गर्ने तर बाध्यकारी नबनाउने राष्ट्र बैंकको योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *