समाज

नेपाल मेडिकल कलेज निकालिएका कर्मचारी काममा फर्काउन सहमत

हिमालय टिभी
२०७७ साउन २ गते १३:३३
नेपाल मेडिकल कलेज निकालिएका कर्मचारी काममा फर्काउन सहमत

२ साउन, २०७७ काठमाडौं । नेपाल मेडिकल कलेज निकालिएका कर्मचारीलाई काममा फर्काउन सहमत भएको छ ।

प्रशासनले असार अन्तिमदेखि ७१ जना कर्मचारी विशेषगरी नर्सको करार अवधि थप नगरी सेवाबाट हटाएको थियो ।

त्यसको विरोधमा अस्पतालको स्वतन्त्र कर्मचारी ट्रेड युनियनले हिजो अस्पताल प्रशासनमा तालाबन्दी गरेपछि प्रशासन कर्मचारी फर्काउन सहमत भएको हो ।

अस्पताल व्यवस्थापन र युनियनबीच विभिन्न समयमा भएका सहमति पालना नगरी असार ३१ बाट अस्पतालमा करारमा कार्यरत कर्मचारीलाई हटाएपछि आन्दोलन गर्नु परेको युनियनका अध्यक्ष किरण केसीले जानकारी दिनुभयो ।

अवधि थप नभएकामा ६ महिनादेखि ३ वर्षसम्म काम गरेका नर्स छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *