Main News

बाँकेका किसानले धपाए सलह

हिमालय टिभी
२०७७ साउन २ गते १२:३२
बाँकेका किसानले धपाए सलह

२ साउन, २०७७ बाँके । बाँके जिल्लामा प्रवेश गरेको सलह किराको झुण्डलाई किसानले धपाएका छन् ।

सलहको झुण्ड देख्नासाथ किसानले खेतबारीमा पुगेर होहल्ला गरेर, थाल बजाएर, आगोको धुँवा बालेर धपाएका कारण हिजो सहलले बाँकेमा खासै क्षति पुर्याउन सकेन ।

सलहको झुण्ड अहिले बाँके राष्ट्रिय निकुन्जको जंगल क्षेत्रमा बास बसेको अनुमान गरिएको छ । जंगल क्षेत्रमा बास बसेको सलहले आज पनि बाँके र बर्दियाको खेतीबालीमा नोक्सानी पुराउन सक्ने संभावना भएकाले साबधान हुन र सलहको झुन्ड देखिना साथ होहल्ला गरेर, थाल बजाएर आगोको धुँवा बालेर धपाउन कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले आग्रह गर्नु भएको छ ।

बाँकेको नरैनापुर हुँदै प्रवेश गरेको सलह किराको झुन्ड डुडुवा, नेपालगन्ज, खजुरा हुदै बैजनाथ गाउँपालिकाका बिभिन्न स्थानमा पुगेको थियो । लाखौको संख्यामा रहेको सहल किराको झुन्डले धान, मकै बदाम, तिल र तरकारी बालीमा सामान्य नोक्सानी पुर्याएको किसानले बताएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *