Main News

साउन ४ गतेपछि पुनः भारी वर्षा हुने सम्भावना

हिमालय टिभी
२०७७ साउन २ गते १२:२२
साउन ४ गतेपछि पुनः भारी वर्षा हुने सम्भावना

२ साउन, २०७७ काठमाडौं । साउन ४ गतेदेखि देशका विभिन्न ठाउँमा फेरी भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ ।

विभागका अनुसार साउन ४ देखि हुने भारी वर्षा तीनदेखि चार दिनसम्म रहने छ । त्यस अवधिमा नेपालका विभिन्न भागमा मनसुन सक्रिय भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि धेरै पानी परिसकेकाले अव थोरै पानी पर्दा पनि छिट्टै पहिरो खस्नसक्ने भएकाले सावधानी अपनाउन डा श्रेष्ठले अनुरोध गर्नुभएको छ । मुख्यगरी प्रदेश १, २, ५, वाग्मती, गण्डकीका केही स्थानमा र सुदुरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एकरदुई स्थानमा अति भारी वर्षको सम्भावना रहेको विभागले जनाएको छ ।

अहिले दक्षिणी क्षेत्रमा रहेको न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले मनसुनी गतिविधि सक्रिय हुनेछ । साउनको ५ देखि ८ गतेसम्म प्रदेश १, २ बागमती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बागमती, बुढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी, तथा तिनका सहायक नदीमा उल्लेख्य मात्रामा जलसतह बढ्ने अनुमान छ ।

केही नदीले सतर्कता तह पार गर्नेछन् । विभागले असार २५ देखि २९ सम्म भारी वर्षा हुने र त्यसले बाढी पहिरो आउनसक्ने पूर्वानुमान गरेको थियो । त्यस अवधिमा विभिन्न क्षेत्रमा भारी वर्षा हुँदा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपर्यो । अझै ४५ भन्दा बढी मानिस हराइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *