Main News

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४० पुग्यो

हिमालय टिभी
२०७७ साउन २ गते १२:०९
कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४० पुग्यो

२ साउन, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु गएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो। सप्तरीका ७३ वर्षीय वृद्ध गएराति मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञानका प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिनुभयो ।

असार ३१ गते अस्पतालमा भर्ना गरिएको उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। मृतकको शव व्यावस्थापनका लागी नेपाली सेनासँग समन्यन भइरहेको अस्पतालले जनाइएको छ ।

मृतक उच्च रक्तचाप, मधुमेह र मुटु रवगका बिरामी थिए । प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *