Main News

साझा यातायातले आजबाट उपत्यकाका ८ वटा रुटमा बस संचालन गर्ने

हिमालय टिभी
२०७७ साउन १ गते ९:३४
साझा यातायातले आजबाट उपत्यकाका ८ वटा रुटमा बस संचालन गर्ने

१ साउन, २०७७ काठमाडौं । साझा यातायातले आजदेखि सेवा थाल्ने भएको छ । साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्दराज पाण्डेयले जानकारी दिनुभयो ।

संकटको समय भएकाले सेवालाई प्राथमिकता दिएर पुराना सबै रुटमा बस चलाउन लागिएको उहाँको भनाइ छ । लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा बस चल्नेछन् ।

साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा पनि लिएर सेवा दिने जनाएको छ । यात्रुलाई अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर चढ्न, बसभित्र यात्रुलाई भीड नगर्न र व्यक्तिगत रुपमा दूरी कायम गरेर बस्न आग्रह गरिएको छ ।

यात्रुको चाप हेरेर रुटहरुमा बस थप्दै लैजाने साझाको योजना छ । गत सोमबारदेखि मयूर, संयक्त, महानगर, सुन्दर यातायात लगायतका बस कम्पनीले राजधानीमा सार्वजनिक बस चलाउन थालेका छन् ।

यातायात व्यवसायी कम्पनीका छाता संगठनहरुले बस नचलाउने निर्णय गरेपनि अब कम्पनीहरुले निर्णय अवज्ञा गर्न थालेका छन् । काठमाडौं उपत्यकासहित सम्बन्धित जिल्लाभित्र मात्रै सवारी चल्न पाउने गरी सार्वजनिक सवारी खुला गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *