खेलकूद

आर्सनलसँग लिभरपुल २–१ गोलअन्तरले पराजित

हिमालय टिभी
२०७७ साउन १ गते ९:२३
आर्सनलसँग लिभरपुल २–१ गोलअन्तरले पराजित

१ साउन, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फुटबलमा लीग विजेता लिभरपुल पराजित भएको छ ।

लीग अन्तर्गत गएराति लिभरपुल आर्सनलसँग २–१ गोलले पराजित भएको हो । आर्सनलको घरेलु मैदानमा लिभरपुलले २० औं मिनेटमा साडियो मानेको गोलसँगै अग्रता बनाएको थियो ।

आर्सनलका लागि ३२ औं मिनेटमा एलेक्जेन्डर लाकाजेट्टेले गोल गर्दै खेल १(१ गोलको बराबरी गरे । ४४ औं मिनेटमा रेस नेलसनले गोल गरेपछि आर्सनलले खेलमा २(१ को अग्रता बनायो । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

हारपछि च्याम्पियन लिभरपुलले ३६ खेलबाट ९३ अंक जोडेको छ भने समान खेलबाट नवौं स्थानको आर्सनलको ५३ अंक छ । हारपछि लिभरपुलको इंग्लिस प्रिमियर लीग फुटबलको एकै सिजनमा सर्वाधिक एक सय अंक बनाउने कीर्तिमान समेत पूरा नहुने भएको छ ।

लीग अन्तर्गत गएराति भएका अन्य खेलमा म्यानचेस्टर सिटीले बर्नमाउथलाई २(१ ले, टोटेनह्यामले न्यूक्यासल युनाइटेडलाई ३(१ ले पराजित गर्दा उल्फ्स र बर्नली १(१ गोलको बराबरीमा रोकिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्