खेलकूद

तेह्रौं एसियाली खेलकूदका विजेता खेलाडीलाई प्रदेश १ सरकारद्वारा नगदसहित सम्मान

हिमालय टिभी
२०७७ असार ३१ गते १८:०७
तेह्रौं एसियाली खेलकूदका विजेता खेलाडीलाई प्रदेश १ सरकारद्वारा नगदसहित सम्मान

३१ असार, २०७७ विराटनगर । तेह्रौं दक्षिण एशियाली खेलकुद सागमा नेपालका लागि पदक जित्ने प्रदेश एकका ८८ जना खेलाडीलाई प्रदेश १ सरकारले नगदसहित सम्मान गरेको छ ।

एकल तथा टिम विधामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई विराटनगरमा भएको कार्यक्रममा सम्मान गरिएको हो ।

एकलतर्फ स्वर्ण विजेता खेलाडीले ३ लाख रुपैयाँ, रजत पदक विजेताले दुई लाख र कास्य पदक विजेताले जनही १ लाख रुपैयाँ पाएका छन् ।
टिम तथा डबलतर्फका खेलाडीलाई भने यो रकम दामासाहीमा बाँडिएको छ । सम्मान पाएपछि खेलाडीले यसबाट हौसला मिलेको बताए ।

प्रदेश एक सरकारले साग सकिए लगत्तै पदक विजेता खेलाडीका लागि प्रोत्साहन नगदसहित सम्मान गने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्