आर्थिक

भोलिबाट एउटा बैंकको एटीएमबाट अर्को बैंकले रकम निकाल्दा शुल्क लाग्ने

हिमालय टिभी
२०७७ असार ३१ गते १७:४५
भोलिबाट एउटा बैंकको एटीएमबाट अर्को बैंकले रकम निकाल्दा शुल्क लाग्ने

३१ असार, २०७७ काठमाडौं । एउटा बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएम बुथबाट पैसा झिक्दा शुल्क नलाग्ने व्यवस्था भोलिबाट हट्ने भएको छ ।

लगडाउनसँगै नेपाल बैंकर्स संघले अन्तर बैंकिङ एटीएम कारोबारमा दिँदै आएको निःशुल्क सेवा हटाएको हो । लकडाउन लागू भएपछि बैंकर संघले ग्राहकको सहजताका लागि भन्दै एउटा बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको बुथबाट पैसा झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको थियो ।

अब यसरी अर्को बैंक प्रयोग गर्दा २५ देखि २ सय ५० रुपैयाँसम्म शुल्क लाग्ने पुरानै व्यवस्था कायम भएको छ । यस्तै संघले डिजिटल बैंकिङ कारोबारलाई समेत सःशुल्क बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *