Political Hightlights

नेकपा अध्यक्ष ओली र प्रचण्डबीचको भेटवार्ता निष्कर्षविहीन

हिमालय टिभी
२०७७ असार ३१ गते १७:३४
नेकपा अध्यक्ष ओली र प्रचण्डबीचको भेटवार्ता निष्कर्षविहीन

३१ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल बिना निष्कर्ष सकिएको छ ।

बालुवाटारमा झण्डै तीन घण्टा छलफल भएपनि सहमति हुन सकेन । आजको छलफलमा विषय केन्द्रीत भएको दावी गरिएको छ । तर सहमति भने हुन सकेन ।

प्रचण्ड नेपाल पक्षले ओलीले प्रधानमन्त्री छोड्नुपर्ने माग गरेको छ भने ओलीले दुवै पद नछोड्ने अडान राख्नुभएको छ ।

पहिले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद ओलीले छोड्नु पर्ने माग गरिरहेको प्रचण्ड नेपाल पक्ष अहिले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने गरी लागेको छ । तर ओलीले कुनै पनि हालतमा पद नछोड्ने अडानमा हुनुहुन्छ । छलफल भोलि पनि हुनेछ ।

यसैबीच प्रधानमन्त्री ओलीले स्थायी कमिटी सदस्यहरुलाई बालुवाटार बोलाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्