Main News

नेपालमा थप ११६ जनामा कोरोना संक्रमण, कोरोनाबाट मृत्यु हुने ३९ पुगे

हिमालय टिभी
२०७७ असार ३१ गते १६:४१
नेपालमा थप ११६ जनामा कोरोना संक्रमण, कोरोनाबाट मृत्यु हुने ३९ पुगे

३१ असार, २०७७ काठमाडौं । नेपालमा थप १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न २६ वटा प्रयोगशालामा ५ हजार ९० जनामा गरिएको पीसिआर परीक्षणमा नयाँ संक्रमित भेटिएका हुन् । नेपालमा संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा आज थप ७ जना संक्रमित भेटिएका छन् । त्यस्तै आव सबै भन्दा धेरै सुर्खेतमा २८ जना संक्रमित भएका छन्। सप्तरीमा १३ जना संक्रमित थपिँदा नवलपरासी पूर्वमा ११ जनामा संक्रमण देखिएको छ ।

यसैगरी म्याग्दीमा ९ जना, चितवनमा ८ जना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै धनुषामा ६ जना, रौतहट र सल्यानमा ५र५ जना संक्रमित थपिँदा कास्की, तनहुँ र दैलेखमा ३र३ जनामा कोरोना देखिएको छ।

यसैगरी डडेल्धुरा र जुम्लामा २र२ जनामा संक्रमण देखिएको छ। यो बाहेक धनकुटा, मोरङ, ताप्लेजुङ, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, पाल्पा, गोरखा,अछाम, जाजरकोट र मुगुमा एक एक संक्रमित भेटिएको स्वास्थ्य मन्त्रलायका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनु भयो ।

थप ६ सय ९७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या ११ हजार नाघेको छ । यो संख्या कुल संक्रमितको ६४ प्रतिशत भन्दा बढी हो ।

थप एक जनाको मृत्यु
कोरोनाबाट पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ। रौतहट जिल्ला परवा नगरपालिका वडा–७ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो। निधन भएका व्यक्ति भारतबाट फर्किएका थिए।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उनी दाजुको अन्तिम संस्कारका लागि भारत पुगेका थिए। नेपाल फर्किएसँगै स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा असार २४ गते बसेका थिए।

२९ गते रुघाखोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। उनलाई आजै हेटौँडाको किटजन्य अनुसन्धान प्रयोगशालामा कोरोना देखिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *