Main News

लकडाउन अवधिको पुरै भाडा छुट माग्दै सिभिल मलका व्यापारीको प्रदर्शन

हिमालय टिभी
२०७७ असार ३१ गते १४:३६
लकडाउन अवधिको पुरै भाडा छुट माग्दै सिभिल मलका व्यापारीको प्रदर्शन

३१ असार, २०७७ काठमाडौं । सिभिल मलका व्यापारीहरुले लकडाउन अवधिको पुरै भाडा छुट गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

सिभिल मलका व्यापारीहरु लकडाउन अवधिको भाडा छुट दिनुपर्ने माग गर्दै मल सञ्चालकविरुद्ध आन्दोलनमा उत्रिएका हुन् । सिभिल मल व्यापार संघका उपाध्यक्ष धनवीर श्रेष्ठले लकडाउन अवधिको पुरै भाडा छुट गर्नुपर्ने माग गर्दै १० दिनयता प्रदर्शन गरिरहेको बताउनुभयो ।

उहाँले मल सञ्चालकले वार्ताका लागि अहिलेसम्म नबोलाएको र सञ्चालकसँग समझदारी नहुँदासम्म आन्दोलनलाई जारी राख्ने बताउनुभयो ।

व्यापारीहरुले लकडाउन अवधिभर पसल खोल्न नपाएको भन्दै उक्त अवधिको पुरै भाडा छुट दिनुपर्ने बताएका छन् । उनीहरुले लकडाउन खुलेपछि पनि व्यापार नभएकाले भाडा तिर्न नसक्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *