आर्थिक

सुनको भाउमा नयाँ कीर्तिमान, तोलाको ९२ हजार ८ सय रुपैयाँमा कारोबार

हिमालय टिभी
२०७७ असार ३१ गते १३:२१
सुनको भाउमा नयाँ कीर्तिमान, तोलाको ९२ हजार ८ सय रुपैयाँमा कारोबार

३१ असार, २०७७ काठमाडौं । सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेर ९२ हजार ८ सय रुपैयाँ पुगेको छ ।

यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि गत सोमबार सुनको भाउ तोलाको ९२ हजार ३ सय रुपैयाँ थियो । हिजो भने सुन तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा नै सुन महँगो भएकाले नेपालमा पनि भाउ बढेको हो । कोरानाको त्रासले अन्य क्षेत्रमा लगानीको वातावरण नहुँदा लगानीकर्ता सुनप्रति आकर्षित भएका छन् ।

जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन आज प्रति औंस १८ सय ७ अमेरिकी डलरमा कारोबार भइरहेको ।

नेपाली बजारमा भने सुनको भाउ महँगो भए पनि कारोबार भने कम छ । सुन महँगो भएकाले उपभोक्ता किन्न भन्दा पनि विक्रीका लागि सुन पसल पुग्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *