Political Hightlights

स्वीस बैंकमा प्रधानमन्त्री ओलीको खाता रहेको समाचार झुटो हो: सचिवालय

हिमालय टिभी
२०७७ असार ३१ गते १३:१४
स्वीस बैंकमा प्रधानमन्त्री ओलीको खाता रहेको समाचार झुटो हो: सचिवालय

३१ असार, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकमा अवैध खाता रहेको भन्ने खबर सत्य नरहेको भन्दै प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘ग्लोबल वाच एनाइसिस’को हवाला दिँदै प्रकाशित खबर झुटो भएको प्रष्टिकरण दिनुभएको हो ।

प्रधानमन्त्री ओलीको स्वीस बैंकमा खाता र ५ दशमलव ५ मिलियन अमेरिकी डलर जम्मा रहेको रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको पनि थापाले निकालेको प्रेस नोटमा उल्लेख छ ।

थापाले यसलाई बदनियतका साथ प्रकाशित गैरजिम्मेवारपूर्ण काम भन्नुभएको छ । ग्लोबल वाच एनालाइसिसले एक सामग्री प्रकाशित गर्दै ओलीमाथि भ्रष्टाचारको आरोप कुनै नयाँ कुरा होइन भन्दै स्वीस बैंकमा ओलीको पैसा रहेको दाबी गरेको थियो ।

राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको सहासिक कदम र सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहेका बेला प्रधानमन्त्रीलाई बदनाम गराउने षडयन्त्र भैरहेको थापाको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्