Main News

चितवन र गण्डकी प्रदेशमा थपिए ३३ जना कोरोना संक्रमित

हिमालय टिभी
२०७७ असार ३१ गते १२:५८
चितवन र गण्डकी प्रदेशमा थपिए ३३ जना कोरोना संक्रमित

३१ असार, २०७७, काठमाडौं । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा र चितवनको भरतपुर अस्पतालमा गरिएको परिक्षणमा थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ११ सहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको माडी नगरपालिका ८ पुरुष संक्रमित भएका छन् ।

यस्तै पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकाका एक महिलासहित ९ जना र कावासोती नगरपालिकाका २ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिनुभयो । दुवै जिल्लाका सबै संक्रमित क्वारेन्टाइनमै रहेका छन्।

यस्तै गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा। विनोद विन्दु शर्माले भरतपुर अस्पतालको परिक्षणसहित गण्डकीमा थप २५ जना संक्रमित फेला परेको जानकारी दिनुभयो ।

जसमा म्याग्दीका ९, तनहुका ३, गोरखा र कास्कीका एक एक जना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय २८ पुगेको छ । प्रदेशमा ९ सय २५ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *