खेलकूद

चेल्सीको च्याम्पियन्स लीग खेल्ने सम्भावना बलियो

हिमालय टिभी
२०७७ असार ३१ गते ७:३१
चेल्सीको च्याम्पियन्स लीग खेल्ने सम्भावना बलियो

३१ असार, २०७७ काठमाडौं । लण्डन क्लब चेल्सीले च्याम्पियन्स लीग खेल्ने सम्भावनालाई बलियो बनाएको छ ।

इंग्लिस प्रिमियर लीगअन्तर्गत गएराति नर्विच सिटीलाई १–० गोलले पराजित गर्दै चेल्सीको अर्को सिजन च्याम्पियन्स लीग खेल्ने सम्भावना थप बलियो बनेको हो ।

घरेलु मैदान स्ट्याम्फर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीको जितमा ओलिभिएर जिरोउडले गरेको गोल नै निर्णायक रह्यो । पहिलो हाफको इन्जुरी समयमा जिरोउडले हेडमार्फत गोल गरेका थिए ।

जितसँगै चेल्सीले चौथो स्थानको लेस्टर सिटी र पाँचौ स्थानको म्यानचेस्टर युनाईटेडसँग ४ अंकको अग्रता लिएको छ । ३६ खेल सकिंदा तेस्रो स्थानको चेल्सीको ६३ अंक छ । उता एक खेल कम खेलेका लेस्टर र म्यानचेस्टर युनाईटेडको समान ५९ अंक रहेको छ ।

रेलिगेशनमा परेको नर्विचको ३६ खेलबाट २१ अंक छ । अब लीगमा दुई खेल बाँकी रहँदा चेल्सीलाई च्याम्पियन्स लिगमा छनोट हुन एक जित्नु पर्नेछ । इंग्लिस प्रिमियर लीगका शीर्ष पाँचले च्याम्पियन्स लीग खेल्न पाउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्