Political Hightlights

प्रधानमन्त्री ओलीको अभिव्यक्तिविरुद्ध जनकपुरधाममा विरोध (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ३० गते २०:२४
प्रधानमन्त्री ओलीको अभिव्यक्तिविरुद्ध जनकपुरधाममा विरोध (भिडियोसहित)

३० असार, २०७७ धनुषा । प्रधानमन्त्री केपि शर्मा ओलीको अभिव्यक्तिले सीताको जन्मभूमि जनकपुरधाममा पनि तरंग ल्याएको छ । जनकपुरधाममा ओलीको यो अभिव्यक्तिको विरोध भइरहेको छ ।

भगवान श्रीरामकी जीवन संगिनी सीताको जन्मभूमि जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले हंगामा मच्चिएको छ । भारत अयोध्याका श्रीराम र नेपालकी जानकीकै सम्बन्धका कारण सदियौंदेखि नेपाल भारतको रोटीबेटीको सम्बन्ध चलेको कतिपयको भनाइ छ।

त्यही सम्बन्धलाई तोड्न र मधेशलाई भारतको सम्बन्धवाट अलग गर्न प्रधानमन्त्री ओलीको षडयन्त्रमूलक अभिव्यक्ति आएको आरोप जानकी मन्दिरका महन्थको छ ।

प्रधानमन्त्रीले बिना तथ्य यसरी जथाभावी बोल्दा देशको गरिमा समेत घट्ने विज्ञको बुझाइ छ । प्रधानमन्त्रीबाट तथ्यहिन र विरोधाभाषा अभिव्यक्ति आउनुलाई विज्ञले खेद व्यक्त गरेका छन ।

प्रधानमन्त्रीको अभिव्यक्तिले विज्ञलाई मात्र बिझाएको नभई व्यवसायीहरुलाई पनि आघात पुर्‍याएको छ । मधेश विरोधी छाप बनाएका प्रधानमन्त्री ओलीले अव नेपाल र भारतबीचको रोटीबेटीको सम्बन्ध समेत विगार्न खोजेको भनेर आलोचना भइरहेको छ ।

जनकपुरधाम आएर भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मिलेर सम्बन्ध जोड्न भन्दै जनकपुरधाम–अयोध्या बस सेवाको उद्घाटन गरेका ओलीको पछिल्लो अभिव्यक्ति विवादित बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्