राजनीति

परराष्ट्रले भन्यो–प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषय होइन

हिमालय टिभी
२०७७ असार ३० गते १८:५७
परराष्ट्रले भन्यो–प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषय होइन

३० असार, २०७७ काठमाडौं । राम र अयोध्याका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिब्यक्ति विवादमा परेपछि परराष्ट्रमन्त्रालय बचाउमा उत्रिएको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषय नभएको प्रष्टिकरण दिएको छ ।

मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्ति कुनै राजनीतिक विषयमा केन्द्रित नभएको र कसैको संवेदनामा चोट पुर्‍याउने मनशायले नदिएको पनि उल्लेख गरेको छ ।

श्री राम र रामायणकालसँग सम्बन्धित धेरै मिथक रहेकाले प्रधानमन्त्रीको अभिव्यक्ति ती स्थानको थप अध्ययन र अनुसन्धानका लागि केन्द्रीत रहेको दाबी पनि परराष्ट्रको छ ।

अयोध्याको महत्व र साँस्कृतिक मूल्य हानी गर्ने मनशायले प्रधानमन्त्रीले अभिब्यक्ति नदिएको परराष्ट्रको भनाइ छ ।

अयोध्यादेखि जनकपुरसम्म समावेश हुने विवाह पञ्चमीको परम्परा, रामायण सर्किट र त्यसमा चल्ने अन्तर्राष्ट्रिय बस सेवालगायत नेपाल–भारत सम्बन्धको महत्वपूर्ण कडी भएको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

यो पनि पढ्नुस्
भारतले ‘नक्कली अयोध्या’ खडा गर्‍यो, राम भारतीय होइनन् नेपाली हुन् : प्रधानमन्त्री ओली

भगवान रामको जन्मभूमि नेपाल भएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको देशभित्रै चर्को आलोचना
भारतमा प्रधानमन्त्री ओलीको चर्को आलोचना
राम जन्मभूमिसम्बन्धी आफ्नो अभिव्यक्ति फिर्ता लिन प्रधानमन्त्रीलाई नेता गौतमको आग्रह

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्